नेपालगञ्जमा हतियार कारखाना


प्रकाशित मिति : चैत्र १५, २०७५ शुक्रबार

नेपालगञ्ज उपमहानगरपालिका ५ डीएसपी रोडस्थित एउटा घरमा हतियार कारखाना फेला परेको छ । वडा प्रहरी कार्यालय र प्रदेश ५ प्रहरी अनुसन्धान समूहले संयुक्त रुपमा छापा मार्दा बनाइरहेको अवस्थामा जंगवीर नेपाली पक्राउ परेका छन् ।

घर खानतलासी गर्दा हतियारमा प्रयोग हुने नाल १० थान, काठको कुन्दा ७ थान, हतियारमा नम्बर ठोक्न प्रयोग हुने साँचो २६ थान, एयर गन पेस्तोल १ थान, लामो स्प्रिङ ३ थान, बाकस बरामद भएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख निरीक्षक नारायण डाँगीले जनाकारी दिए ।

प्रहरी टोली पुग्दा नेपाली दुई तले पक्की घरको भुइँतलाको साँघुरो कोठामा हतियार बनाउँदै थिए । यो समाचार शंकरप्रसाद खनालले अन्नपूर्णमा लेखेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com