नेकपामा ४४१ बेरोजगार केन्द्रीय नेता


प्रकाशित मिति : चैत्र १५, २०७५ शुक्रबार

नेपाल कम्युनिस्ट पार्टीले पार्टी एकीकरण भएको ११ महिना बितिसक्दा समेत केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न सकेको छैन । गत जेठ ३ गते केन्द्रीय सदस्यको सपथ लिएका ४ सय ४१ जनाले अहिलेसम्म पार्टीले जिम्मेवारी प्राप्त गर्न सकेका छैनन् ।

पार्टीको सांगठनिक एकता प्रक्रिया ढिलाई भएसँगै केन्द्रीय सदस्यहरु पनि भूमिकाविहीन भएका हुन् । पार्टी एकता भएको ११ महिनाको अवधिमा प्र्रदेश कमिटिलाई पूर्णता दिनेबाहेक अनय सांगठनिक एकता प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

कता प्रक्रिया लम्बिएको भन्दै केन्द्रीय सदस्यहरुले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएका छन् । यो समाचार मधुसुदन रायमाझीले नेपाल समाचारपत्रमा लेखेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com