डाक्टर पतिकाे कुटाईबाट घाइते सुनिताकाे मृत्यु
प्रकाशित मिति : चैत्र १५, २०७५ शुक्रबार

डाक्टरको कुटाईबाट घाइते भएकी सुनिता यादवको उपचारका क्रममा शुक्रबार निधन भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत डा.सचितानन्द यादवले जेठी पत्नी सुनितालाई कुटपिट गरी घाइते बनाएका थिए ।
काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचारकै क्रममा सुनिताको निधन भएको उनका आफन्त जयप्रकाश यादवले बताए । ‘पाँच दिनदेखि काठमाडौंमा उपचार हुँदै थियो,’ उनले भने, ‘आज सवा ५ बजे निधन भयो ।’
गत ११ चैतमा कुटपिटबाट घाइते सुनितालाई वीरगन्जको गण्डक अस्पतालमा उपचार गरी थप उपचारका लागि काठमाडौं रिफर गरिएको थियो । कुटपिटपछि उनको मानसिक अवस्था नाजुक थियो । १५ वर्ष पहिले वीरगन्ज महानगरपालिका–२० हरपतगन्ज निवासी यादवले बाराको परवानीपुर गाउँपालिका–५ बहुवरी निवासी सुनितासँग मागी विवाह गरेका थिए ।
विवाहको दुई वर्षपछि नै सुनिताबाट सन्तान नभएको भन्दै जयप्रकाशले भारतको रक्सोल जगुवलियाकी एक युवतीसँग विवाह गरेका थिए । त्यसयता नै उनले सुनितालाई मानसिक र शारीरिक यातना दिँदै आएको माइती पक्षको भनाई छ ।