हृदयाघात भएका बिरामीलाई ट्याक्सीबाट झारेर भाग्ने चालक पक्राउ


प्रकाशित मिति : चैत्र १५, २०७५ शुक्रबार

हृदयाघात भएका व्यक्तिलाई ट्याक्सीबाट बाटैमा झारेर फरार भएका ट्याक्सी चालकलाई पहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त,गौशालाको टोलीले शुक्रबार चालक कमलबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार बुधबार दिउँसो श्रेष्ठको ट्याक्सीमा गोकर्णेश्वर नगरपालिका–४ का ६० वर्षीय गोपाल रञ्जित चढेका थिए ।

अस्पतालमा उपचार गराएर रञ्जित ट्याक्सीमा घर फर्किंदै थिए। बा १ ख ३८५१ नम्बरको ट्याक्सीमा बाबुलाई राखेर छोरा प्रवीण मोटरसाइकलमा घर फर्किएका थिए। ट्याक्सीमै हृदयाघात भएर छटपटिन थालेपछि चालक श्रेष्ठले जबरजस्ती ट्याक्सीबाट उनलाई चाबहिल चोकको भुइँमा झारेर फरार भएका थिए।

बिरामीलाई मेडिकेयर अस्पतालमा बटुवाले पुर्‍याए पनि चिकित्सकहरुले मृत्यु भइसकेको घोषणा गर्छन् । श्रेष्ठलाई प्रहरीले सिसी टिभी फुटेको आधारमा पहिचान गर्दै शुक्रबार पक्राउ गरेको हो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com