अमेरिका–चीनबीचको व्यापार वार्ता बेइजिङमा सम्पन्न


प्रकाशित मिति : चैत्र १५, २०७५ शुक्रबार

संयुक्तराज्य अमेरिका र चीनबीच पछिल्लो चरणको व्यापार वार्ता बेइजिङमा शुक्रबार सम्पन्न भएको छ । वार्तामा सहभागी दुबै मुलुकका व्यापार प्रतिनिधिहरुले छलफल निकै “रचनात्मक” रहेको बताउँदै अर्को साता वासिङ्टन डिसीमा दोस्रो चरणको वार्ता हुने बताएका छन् ।

विश्वका सर्वाधिक दुई ठूला अर्थतन्त्र रहेका मुलुक अमेरिका र चीनबीच उत्पन्न व्यापार गतिरोधलाई सहमतिमा टुङ्ग्याउने प्रयत्नस्वरुप केही महिनादेखि दुबै देशका वरिष्ट अधिकारीहरुको वार्ता घनिभूतरुपमा अगाडि बढेको छ ।

अमेरिकी प्रमुख व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिन बेइजिङ वार्तामा सहभागी हुनुभएको थियो । चीनका तर्फबाट उपप्रधानमन्त्री एवं वरिष्ट आर्थिक अधिकारी लिऊ हेले चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो । चीनको जनकङ्ग्रेसले विदेशी लगानीको सुरक्षासम्बन्धी कानुन पारित गरेपछि यो पहिलो वार्ता भएको हो ।

अमेरिकी अर्थमन्त्री मन्चिनले ट्वीट गर्दै बेइजिङ वार्ता निकै रचनात्मक रहेको बताउनुभएको छ । उहाँले वार्तामा भएको प्रगतिका बारेमा विस्तृत विवरण दिन अस्वीकार गर्नुभएको छ । “म चिनियाँ उपप्रधानमन्त्रीलाई अर्को साता वासिङ्टनमा भेट्न चाहन्छौं, र वार्तालाई निरन्तरता दिन चाहन्छौं ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वार्तामा चीनको केन्द्रीय बैंकका गभर्नर पनि सहभागी हुनुहुन्थ्यो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई मुलुकबीचको व्यापार वार्ता चाँडै टुङ्गिने विश्वास व्यक्त गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग व्यापार वार्ताका विषयमा शिखर वार्ता गर्न आफू प्रतिक्षारत रहेको बताउनुभएको छ तर वार्तामा केही मुलभूत विषयमा सहमति जुट्न बाँकी रहेको दुबै देशका प्रतिनिधिहरुले बताए पनि विस्तृत विवरण दिइएको छैन ।

अमेरिकी राष्ट्रपतिका आर्थिक सल्लाहकार ल्यारी कुड्लोले वासिङ्टनमा बोल्दै व्यापार वार्ता निकै जटिल प्रक्रिया रहेकाले सहमतिका लागि आवश्यकता अनुसार हप्तौं वा महिना दिनपनि लाग्नसक्ने बताउनुभयो । दुबै देशबीचको वार्ता नीति र कार्यान्वयनमा निर्भर रहने कुड्लोले स्पष्ट गर्नुभयो ।

चिनियाँ वाणिज्य मन्त्रालयले अझै पनि धेरै विषयमा सहमति खोज्न बाँकी रहेको बताउँदै अर्को प्रत्यक्ष वार्ता वासिङ्टन डिसीमा चाँडै हुने जनाएको छ ।

अमेरिका र चीनले एकअर्का मुलुकका करिब तीन खर्ब ६० अर्ब डलर बराबरका सामानमा करवृद्धि गरेका छन् । यो करवृद्धि हाल १० प्रतिशत रहे पनि व्यापार वार्तामा सहमति नभए २५ प्रतिशत पु¥याइने अमेरिकी राष्ट्रपतिले चेतावनी दिनुभएको छ ।

अमेरिकाले खासगरी अमेरिकी प्रविधि जबर्जस्ती चीनले चोरी गरेको, बौद्धिक सम्पत्तिको संरक्षण गर्न नसकेको, चिनियाँ बजार विदेशी कम्पनीहरुका लागि खुला नगरेको तथा चिनियाँ कम्पनीहरुलाई सरकारले अनेक सहुलियत उपलब्ध गराएर विदेशी कम्पनीको प्रतिस्पर्धी क्षमता कमजोर बनाएको आरोप लगाएको छ ।

चीनको संरक्षणमुखी नीतिकै कारण अमेरिकासँग चीनको व्यापार घाटा छ खर्ब डलरभन्दा माथि पुगिसकेको अमेरिकी भनाई छ ।

चीनले अमेरिकी आरोपको खण्डन गरिरहेको छ । चीनले खुला विश्व व्यापारमा अमेरिकी नीतिहरु बाधक बन्न थालेको र अमेरिकी राष्ट्रपतिका नीतिहरु संरक्षणवादी शैलीका रहेको बताउँदै आएको छ ।

चीनले अमेरिकी नीतिको विरोध गर्दै विश्व व्यापार संगठनमा समेत उजूरी गरेको छ । चीनले अमेरिकी नीतिका कारण विश्व बजारमा नकारात्मक असर परेको तथा विश्वको आर्थिक वृद्धिमै सङ्कट उत्पन्न हुन थालेको बताएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com