‘ए मेरो हजुर ३’को ट्रेलर रिलिज, अनमोलको फरक गेटअप


प्रकाशित मिति : चैत्र १५, २०७५ शुक्रबार

‘ए मेरो हजुर ३’

चलचित्र ‘ए मेरो हजुर ३’को ट्रेलर सार्वजनिक भएको छ । युटुबमा सार्वजनिक भएको ट्रेलरलाई कमर्सियल बनाइेको छ । चलचित्रको ट्रेलरमा मुख्य कलाकारहरु नायक अनमोल केसी, नव–नायिका सुहाना थापा, कलाकार सलोन बस्नेत, अर्पण थापा, रेअर राई लगायतलाई देखाइेको छ ।

सार्वजनिक भएको चलचित्रको ट्रेलरमा नायक अनमोल केसीको २ फरक गेटाप देख्न सकिन्छ । एकातिर अनमोललाई सोझो यूवाको भूमिकामा देखाइेको छ भने अर्कोतिर उनलाई स्टार गायकको भूमिकामा देखाइेको छ ।

नायिका सुहाना थापालाई भने अनमोलको फ्यानको रुपमा देखाइेको छ । सुनिलकुमार थापाले निर्माण गरेको चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् । संजय लामाले यो चलचित्र खिचेका हुन् ।

ट्रेलर

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com