डोल्पा पठाइएको १२ सय क्वीन्टल चामल बिचबाटोमै अलपत्र


प्रकाशित मिति : माघ ४, २०७३ मंगलबार

 

/डोल्पाका लागी पठाईएको अनुदानको १२ सय क्विन्टल चामल रुकुम–डोल्पाको सिमावर्ती क्षेत्र त्रिबेणी बजारमा अलपत्र परेको छ ।

ढुवानीको जिम्मा पाएको इन्द्रजित कन्ट्रक्सनले ढिलाई गरेपछि चामल अलपत्र परेको हो । खच्चड व्यवसायीले निर्माणाधिन जाजरकोट–डोल्पा सडकखण्डको असहज अवस्था देखाउादै ढुवानी भडा बढाएपछि समस्या उत्पन्न भएको हो । व्यवसायीले डोल्पा लैजाने सम्पुर्ण सामानहरुको ढुवानी रकममा ५ रुपैया बृद्धि गरेर प्रतिकिलो २८ रुपैयाँ पुर्‍याएको छ ।

ढुवानी रकममा वृद्धि भएको कारण देखाउँदै ठेकेदारले तोकिएको स्थानसम्म चालम पुर्‍याउन नसक्दा बिच बाटोमै अलपत्र परेको हो । लामो समयदेखि चामल गोदाममै थन्किए पनि खाद्य संस्थानले भने वास्ता गरेको छैन ।

जिल्ला खाद्य प्रमुख हरि प्रसाद जोशीका अनुसार आर्थिक वर्ष २०७३/७४ मा स्विकृत २२ हजार ५ सय ५० क्विन्टल खाद्यान्न कोटा अन्तर्गत अहिलेसम्म २६ सय ८० क्विन्टलमात्र डोल्पाका केही डिपोहरुमा पुगेको छ । यसरी पुगेका केही चामल भने वितरण सुरु गरिएको छ । त्यस्तै १९ हजार ३ सय २० क्विन्टल चामल भने आउन बाँकी रहेको छ ।

प्रत्येकबर्ष डोल्पाका लागि स्वीकृत खाद्यान्न ठेकेदारको लापरवाहीले समयमै ढुवानी नहुँदा पटक–पटक डोल्पालीले खाद्यान्न संकट भोग्नु परेको छ । स्विकृत सबै खाद्यान्न आर्थिक बर्ष सम्बन्धित डिपोसम्म पुर्‍याई सक्नुपर्ने नियम भएतापनि ठेकेदारहरुका कारण समयमै खाद्यन्न नपुग्ने समस्या बारम्बार दोहोरीने गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com