शत्रु लाग्यो : नायक अनमोल
प्रकाशित मिति : चैत्र १४, २०७५ बिहीबार

फिल्म ‘ए मेरो हजुर ३’ को प्रोमो निर्धारित समयमा सार्वजनिक हुन सकिरहेको छैन् । बुधबारै प्रेसमिट गरिएपनि प्राविधिक कारणवश फिल्मको प्रोमो सार्वजनिक हुन नसकेको हो । समयमै प्रोमो रिलिज नभएपछि अनमोलले आफ्नो शुभचिन्तकसँग क्षमा मागेका छन् ।
ए मेरो हजुर ३ को प्रोमो समयमै रिलिज हुन नसकेपछि अनमोल लेख्छन्, ‘राम्रो काम हुंन लाग्दा सबैजना दुश्मन पछि लाग्दो रैछ । कोही प्राविधिकले गर्दा ट्रेलर रिलिज रोकिएको छ । त्यसैले म ए मेरो हजुर ३ टिम र म माफी माग्न चाहान्छु । प्रोमो आज साँझ पाँच बजे रिलिज हुनेछ ।’ सामाजिक सञ्जालमा अनमोलले लेखेका छन् –