पैसा कमाउन ओमन गएको म काखमा छोरा लिएर फर्किएँ


प्रकाशित मिति : चैत्र १४, २०७५ बिहीबार

जीवन के हो भविष्य के हो बुझेकै थिइन । अझ जीवन साथी कस्तो हुनुपर्छ त्यो पनि थाहा थिएन । १७ वर्षकै कलिलो उमेरमा बाबु आमाको इच्छाविपरीत आफूले रोजोको केटासँग घरजम गरे । तर, मैले जीवन सुम्पेको पति मैले सोचेजस्तो रहेनन् । उनी जिम्मेवार नबन्दा मैले कति पीडा खेपें होला ?’ सल्यान घर भएकी सुनिता (नाम परिवर्तन) आर्थिक समस्याले एक वर्ष अघि धन कमाउने आसमा काखका दुई सन्तानलाई पढाउने लेखाउने र घर चलाउने सपनाले बोकेर ओमन गएकी थिइन् ।

तर, उनले सोचेको सपना ओमनमा पाइनन् । उनी अघिल्लो महिना काखमा तीन महिनाको छोरा च्यापेर नेपाल फर्कन बाध्य भइन् । सुनौलो सपना बोकेर ओमन गएकी उनले त्यहाँ बिताएका दुःखका दिन अहिले सम्झन पनि चाहदिँनन् । तर, बिर्सेन खोज्दा पनि घरी–घरी मानसपटलमा आइरहन्छ । कहिलेकाहिँ अरूले लै सम्झन बाध्य बनाइदिन्छन् ।

गएको महिना उनलाई ओमल प्रहरीले नेपाल र्फकायो । उनी त्रिभुवन विमानस्थलबाट सिधै पौरखी नेपाल नामक सामाजिक संस्थाको आश्रयमा पुगिन र अहिले पनि काखे छोरासहित त्यहिँ आश्रित छिन् । ‘बाबुआमाले नचाहदाँ नचाहदैँ बिहे गरेर । बिहे गर्दा उनको माया बाहेक केही देखिन, तर श्रीमान त पहिल्यैदेखि रक्सीको कुलतमा फसेका रहेछन् ।

उनसँग बिताएका १० वर्षमा दुई सन्तान जन्मिए, एक छोरा एक छोरी । श्रीमान कहिल्यै पनि म र सन्तान प्रति जिम्मेवार भएनन् । रक्सी खानु झगडा गर्नु उनका दैनिकी थिए । समय बित्दै गयो मलाई सन्तान र आफ्नै भविष्यको चिन्ताले पिरोल्न पोल्न थाल्यो ।’ उनले सन्तान र आफ्नो भविष्य चारैतिर अध्यारो देखेको बताइन् ।

श्रीमानको व्यवहार, घरको आर्थिक अवस्था र सन्तानको भविष्यले पिरोलिएकी सुनिताले नेपालमा अनेक उपाय खोजिन तर पाइनन् । आफूले वेलामा पढ्न नसकेका कारण दुःख पाएको ठान्छिन् उनी । राम्रो शिक्षा दिन नसक्दा छोरा छोरीले बाबुकै बाटो समात्लान भन्ने पनि चिन्ता थियो । उनले खोजेका बाटाहरूमा एक मात्र विकल्प देखिन् विदेश जाने र पैसा कमाउने । सामान्य पढेको उनलाई कसरी विदेश जाने ? पैसा कसरी कमाउने थाहा थिएन ।विदेश गए पैसा कमाउन सकिन्छ मात्रै बुझेको थिइन् । त्यसैले उनले रोजिन वैदेशिक रोजगारको यात्रा ।

गाउँको चिनेको मान्छेमार्फत कुवेत जाने भनेर घरबाट हिँडेको उनलाई भारतको दिल्ली र श्रीलंका हुँदै ओम पु¥याइयो । नेपाल हुँदै ओमनसम्म पुग्न एक महिना लागेको उनले बताइन् । उनको चाहना कुवेत जाने थियो । ‘कुवेतमा भन्दा ओमनमा राम्रो छ, महिनाको ओमनी एक सय कमाइ हुन्छ, खाने बस्ने पैसा लाग्दैन भने । जाँदा मैले एक रूपैयाँ पनि खर्च गरिन । उनीहरूले नै मिलाइ दिए ।

मलाई महिनामा एक सय दिन्थे । उता कमाएको सबै पैसा आमाजुलाई पठाउँथेँ, साहु साहुनी बेसै थिए, घरको काम गर्नुपर्थ्याे खाना बनाउनु भाडा माझ्ने, घर सफाइ जस्ता काम गर्थे । खान बस्न समस्या थिएन । उनीहरू दिन भरी काममा जान्थे आएर पनि मसँग कुरै हुँदैन थियो ।’ उनले भनिन, यस्तैमा एक दिन साहु साहुनी घरमा थिएनन, साहुनीको भाइ पनि सँगै बस्थे । राती म काम सकाएर सुत्न लागेको थिएँ साहुनीको भाइले भन्यो, मैले भनेको मान नत्र काटिएलिस् भन्दै उसले मलाई जर्बजस्ती गर्यो ।

श्रीमानको व्यवहार, घरको आर्थिक अवस्था र सन्तानको भविष्यले पिरोलिएकी सुनिताले नेपालमा अनेक उपाय खोजिन तर पाइनन् । आफूले वेलामा पढ्न नसकेका कारण दुःख पाएको ठान्छिन् उनी । राम्रो शिक्षा दिन नसक्दा छोरा छोरीले बाबुकै बाटो समात्लान भन्ने पनि चिन्ता थियो ।

बाकी समाचार

यो लेख सुर्य दैनिक को लागि चमिना भट्टराईले लेख्नु भएको हो !

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com