विप्लवमाथि बल प्रयोग गरे द्वन्द्वको खतरा : पूर्वप्रधानसेनापति क्षत्री


प्रकाशित मिति : चैत्र १३, २०७५ बुधबार

पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग औपचारिक वार्ताबिनै सेना–प्रहरी परिचालन गरेर नियन्त्रणमा लिन खोज्नु मुलुकका लािग घातक हुनसक्ने चेतावनी दिएका छन् । यो समाचार आजको नागरिक दैनिकमा मातृका दाहालले लेखेका छन् ।

नेकपामाथि प्रतिबन्ध लागेपछि पक्ष र विपक्षमा अभिव्यक्ति आइरहेका बेला केही महिनाअघि मात्रै अवकाश पाएका क्षत्रीले सरकारले चालेका कदमको आलोचना गरे ।

गत भदौ २४ गते अवकाश पाएका पूर्वप्रधानसेनापति क्षत्रीले प्रविबन्धित नेकपाका नेता कार्यकर्ता नियन्त्रणमा सेनालाई अघि नसार्नसमेत सुझाव दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com