कनेक्टिकट नेपाली समाजमा जितेन्द्र बस्नेतको अध्यक्षतामा नयाँ नेतृत्व


प्रकाशित मिति : चैत्र १२, २०७५ मंगलबार

– केपी भट्ट

विभिन्न पेसामा गरेर अमेरीकामा रहनु भएका नेपालीहरुको साझा संस्था नेपाली समाज कनेटिकेटको नयाँ कार्यकालको लागि जितेन्द्र बस्नेत अध्यक्षमा निवार्चित हुनुभएको छ । अध्यक्ष पदका अर्का प्रतिस्पर्धी नारायण पौडेल लाई पराजित गर्दै उहाँ विजयी हुनु भएको हो ।

कुल मतदाता संख्या ५६७ रहेको नेपाली समाज कनेक्टिकटमा जम्मा ५१४ मत खसेको थियो । जस मध्ये निबार्चित बस्नेतले ३२९ मत प्राप्त गर्नु भएको थियो भने अर्का प्रतिस्पर्धी नारायण पौडेलले १८० मत प्राप्त गर्नु भएको थियो । ५ मत बदर भएको निवार्चन समिति ले जानकारी दिएको छ ।

संस्थाको उपाध्यक्षमा जय राई, सचिबमा भद्रा राई, सहकोषाध्यक्षमा कुल देव अधिकारी, सह सचिवमा रविन तुम्बाफे, युवा संयोजकमा विधान अधिकारी, सदस्य हरुमा रिन्कु श्रेष्ठ र सुवास बुढ़ाथोकी चयन हुनुभएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com