अत्याधुनिक पाँच ब्रुमरले काठमाडौंको धुलो आजदेखि बढार्ने
प्रकाशित मिति : चैत्र १२, २०७५ मंगलबार

काठमाडौं महानगरपालिकाले आज मंगलबारदेखि नयाँ ब्रुमर (यान्त्रिक कुचो) मार्फत सडक सफा गर्ने भएको छ । एक साताअघि इटालीबाट काठमाडौं ल्याइएको सफा गर्ने उक्त यन्त्र पहिलोपटक रत्नपार्कमा प्रयोग गर्न लागिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
मेयर विद्यासुन्दर शाक्यले विभिन्न प्रस्तावित ५ वटा रुटमा प्रयोग गर्ने गरी ब्रुमरको उद्घााटन गर्न लागेका हुन् । महानगरपालिकाले हालसालै ५ वटा इटालियन ब्रुमर ल्याएको छ । गत असारमा गरिएको बोलपत्रको आधारमा उक्त यन्त्र ल्याइेको हो ।
झण्डै ११ करोड रुपैयाँ खर्चिएर महानगरपालिकाले ल्याएका ब्रुमरले टेकुलाई केन्द्र बनाएर ५ वटा रुटमार्फत रिंगरोडभित्र सफाइको काम गर्नेछन् । पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एुटा ६ टन क्षमताको छ ।
कलंकी, बल्खु, कालिमाटी, टेकु, सुन्धारा, टुँडिखेल आसपा, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, त्रिपुरेश्वर, थापाथली, बानेश्वर, तिनकुने, एयरर्पोट, पुतलीसडक, सिंहदरबाबर, हात्तिसार, दरबमरामर्ग, ज्ञानेश्वर, मैतिदेवी, पुरानो बानेश्वर, सिनांगल, बसन्तपुर, मध्यबानेश्वर, भऽकाली लगायतका क्षेत्रका सडकमा यिनको प्रयोग गरिनेछ ।
यी ब्रुमरहरु यूरो ४ स्टान्डर्डका हुन् । यसमा पानी र धुलो दुई ट्यांकीहरु छन् । धुलो टिपेपछि ब्रुमरले पानी पनि छर्किन मिल्छ ।