नेपालमा ल्याइदै गरेको विस्फोटक पदार्थ भारतमा पक्राउ,विप्लवको भएको आशंका


प्रकाशित मिति : चैत्र १०, २०७५ आईतबार

नेपाल भित्र्याउन लागेको भारी मात्राको विस्फोटक पदार्थ भारतमा बरामद भएको छ ।

सोमबार भारतीय सञ्चार माध्यममा जनाइएअनुसार भारतीय प्रहरीले हतियारसहित एक नेपाली युवकलाई सीमा क्षेत्रमा पक्राउ गरेको छ । गर्नुले यो संकेत आएको हो । पक्राउ परेका व्यक्तिकाबारेमा भने केही खुलाइएको छैन । तर बरामद विस्फोटक पदार्थ नेत्रविक्रम चन्द समूहकालागि ल्याउन लागेको आशंका गरिएको छ ।

भारतको पश्चिम बंगालमा ठूलो परिमाणको हतियारसहित ती नेपाली नागरिक पक्राउ परेका हुन् । उनी गएको शनिबार नेपाल छिर्ने क्रममा विस्फोटक पदार्थ सहित पक्राउ परेको युनाइटेड न्यूज अफ इण्डियाले जनाएको छ । सिलगुढीमा पक्राउ परेका ती व्यक्तिको नाम चरण रोका भएको समाचारमा जनाइएको छ । २६ वर्षिय ती नेपालीलाई भारतको सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको हो ।

उनको साथबाट बिस्फोटक सामग्री समेत बरामद भएको जनाइएको छ । उनले गन पाउडर, इलेक्ट्रिकल डिटोनेटर र अन्य बम बनाउने रासायनिक सामग्री समेत बोकेका थिए । उनलाई सशस्त्र सीमा बलका जवानले पेट्रोलिङका क्रममा समातेको समाचारमा जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनको घर म्याग्दी जिल्लाको रुमा गाउँमा भएको समाचारमा उल्लेख छ । सो विस्फोटक पदार्थ लिएर उनी नेपाल छिर्ने प्रयासमा थिए । प्रहरीका अनुसार उनको साथबाट निओजेल पावरजेल .विस्फोटक पदार्थ) प्रतिगोटा १२५ ग्राम रहेका २०५ प्याकेट र ३५५ वटा स्टीक सहितको इलेक्ट्रिक डिटोनेटर फेला परेको प्रहरीले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com