राष्ट्रपतिको मानसिक क्षमतामा प्रश्न गर्ने नेता पक्राउ


प्रकाशित मिति : चैत्र १०, २०७५ आईतबार

जाम्बियाका विपक्षी नेतालाई प्रहरीले पक्राउ गरिएको जनाएको छ । राष्ट्रपति इड्गार लुङ्गुको मानसिक क्षमतामाथी प्रश्न उठाएको आरोपमा उहाँलाई पक्राउ गरिएको हो ।

विपक्षी दल ओटस फर इकोनोमिक प्रोग्रेसका अध्यक्ष सेन टेम्बोले राष्ट्रपति इड्गारलाई मानसिक समस्या रहेकाले राम्रोसँग देश चलाउन नसकेको टिप्पणी सामाजिक सञ्जाल मार्फत् गर्नुभएको थियो ।

प्रहरी प्रवक्ता स्थेर म्वाता कातोङगोले विपक्षी दलका नेतालाई लुसाकाबाट पक्राउ गरिएको पुष्टि गर्नुभयो । उहाँलाई अहिले प्रहरी हिरासतमा राखिएको छ, थप विवरण पछि दिदै गरौला,” उहाँले भन्नु भयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com