नेपाली कथानक चलचित्र ‘हातमा बत्ती लिएकी केटि’ को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ ।
एउटा खुट्टाले नाचेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चामा रहेकी कलाकार रोमा न्यौपानेलाई मुख्य भूमिकामा प्रस्तुत गरेको छ । उनि उक्त चलचित्रको नायिका हुन् । चर्चित नृत्यकारको सूचीमा रोमा एक नम्बरमा पर्छिन् । उनी अपाङ्गता भएकी नृत्यकार हुन् । उनको एउटा खुट्टा छैन ।
एउटा खुट्टाले आर्कषक नृत्य गर्ने भएकाले उनी नृत्य क्षेत्रमा चर्चित छन् । उनको नृत्य सपाङ्गको भन्दा दोब्बर आकर्षक छ । एउटा खुट्टाले उनले नाच्न सुरू गरेपछि दर्शकहरु चकित पर्छन् ।
चलचित्रमा रोमाका अलावा अरुण ढुंगाना, गरिमा बिक, रबि गिरि आदिको अभिनय रहेको छ । निर्देशक रिम बिश्वकर्माले निर्देशन गरेको उक्त चलचित्रमा एउटा खुट्टा भएकी युवती र दृष्टिबिहीन युवकको कथालाई प्रस्तुत गरेको छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।