सीता दाहालको स्वास्थ्यमा चमत्कारिक सुधार हुने आशा


प्रकाशित मिति : चैत्र १०, २०७५ आईतबार

पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको हाल अमेरिकामा उपचार भइरहेको छ । सीता दाहाल लामो समयदेखि पार्किन्सस् सहितको रोगबाट ग्रसित छन् । अघिल्लो साता प्रचण्डले पत्नी सीता दाहाललाई अमेरिका लगेर जोन हप्किन्स र सीपीसी सेन्टरमा परीक्षण गराए ।
यसभन्दा अघि सिंगापुरमा गरिएको रोगको निदान नै सही रहेको भएतापनि उपचार पद्धति र औषधीय विधिमा गरिएको परिवर्तनले सीता दाहालको स्वास्थ्यमा सुधार देखिएको प्रचण्डले एबीसीलाई बताए । सीता दाहाल एक्लै हिंडडुल गर्न समेत नसक्ने अवस्था रहेकी थिइन । तर अमेरिकाको उपचारले उनी केही समयपछि विना सहारा हिंडडुल गर्न सक्ने आशा पलाएको बताउँदै प्रचण्डले सन्तोष व्यक्त गरे ।

 

 

सीता दाहालको परीक्षण अमेरिकाको जोन हप्किङ्स अस्पतालको आउटडोर प्यासेन्ट भएको हो । त्यहाँ पनि उनलाई प्रोग्रेसिभ सुपर न्यूक्लियर प्लासी नामक नै रोग लागेको समेत निश्चित भएको प्रचण्डले बताए । यस सम्बन्धी रोगको अमेरिकामा रहेको अनुसन्धान केन्द्रमा समेत सीताको परीक्षण गरिएको उनले बताए । अनुसन्धान केन्द्रको उपचार पद्धतिबाट प्रचण्ड परिवारमा खुशी पलाएको छ । उनी अब आफै हिंडडुल गर्न सक्ने आशा पलाएको छ प्रचण्डले भने ।
भ्रमणका क्रममा अमेरिकी सरकारका अधिकारीहरुसँग औपचारिक अनौपचारिक रुपमा छलफल समेत भइरहेको प्रचण्डले बाताए ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

 

गत असोज १० मा प्रचण्डले सीतालाई उपचारका लागि सिंगापुर लगेका थिए भने त्यस अघि दिल्ली समेत लगिएको थियो । हट वाटर थेरापीका लागि प्रचण्डले गत कात्तिक २६ मा सीतालाई म्याग्दीको तातोपानीमा नुहाउन लगेका थिए । पछि त्यही नेपाली काँग्रेसका नेताहरु समेत गएर तातोपानी नुहाएका थिए ।
प्रचण्ड अब छिटै स्वदेश फर्कने भएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com