रोजगारका लागि धेरै संख्यामा नेपाली युवा बिदेसिएका छन् । कामको खोजीमा भारतबाट भने हजारभन्दा बढीको संख्यामा कामदार जिल्ला भित्रिएका छन् ।
निर्माणाधीन सडक, जलविद्युत, सरकारी भवन, व्यक्तिगत घर, पुललगायतका क्षेत्रमा कामका लागि भारतीय मजदुर भित्रिएका हुन् । भारतको हिमाञ्चल, उत्तरप्रदेश र बिहारदेखिका कामदार विकासे आयोजनामा आएका छन् । अधिकांश कामदार ठेकेदारमार्फत आएको भारत मोतीहारी डुमरी गाउँका सुनम सहनीले बताए ।
डुमरी गाउँका ५ सय बढी कामदार एकै साथ यहाँका सडक आयाेजनामा काम गर्न आएकाे कामदार सत्यदेव सहनीले जानकारी दिए । भारत उत्तरप्रदेश महाराजगन्ज जिल्ला बागापारका २ सय ५० बढी काामदार पनि तेह्रथुममै छन् । यो समाचार चन्द्र कार्कीले कान्तिपुरमा लेखेका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।