नेपालीका पक्षमा काम गरेकोमा जर्सी सिटी काउन्सिल प्रेसिडेण्टलाई सांसद निरा जैरुको धन्यवाद
प्रकाशित मिति : चैत्र ८, २०७५ शुक्रबार

अमेरिकाको भ्रमणमा रहनुभएकी सांसद तथा नेपालको संसदको राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मुल्यांकन समितीको सभापति निरा देवि जैरु र जर्सी सिटी काउन्सिल प्रेसिडेण्ट रोलान्डो लाभारोबीच विशेष भेट भएकोछ। भेटमा जर्सी सिटी मेयर स्टेभन फुलपकी सल्लाहकार डा. विष्णुमाया परियारको पनि उपस्थिति थियो।
भेटमा सांसद निरा देवि जैरुले जर्सी सिटीले नेपालीहरूको लागि टिपिएस सुविधाको लागि रिजोलुसन पास गरेकोमा, सिटी हलमा नेपालको झण्डा फहराएकोमा र जर्सी सिटी शहर र नेपालको ईन्द्रावती गाउँपालिकाबीच सिस्टर सिटी बनाएकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो भने नेपाल भ्रमणमा आउन काउन्सिल प्रेसिडेण्ट लाभारोलाई निम्ता दिनुभएको थियो।
सांसद जैरु, काउन्सिल प्रेसिडेण्ट लाभारो र सिस्टर सिटी ईमिसरी (विशेष दूत) डा. परियार बिच नेपाल र अमेरिकाका दुई भगिनी शहरहरूको सम्बन्धलाई अझ प्रगाढ बनाउन थप योजनाहरू बनाउने विषयमा छलफल भएको थियो भने काउन्सिल प्रेसिडेण्ट लाभारोले आफू नेपाल भ्रमण गर्न आकाँक्षित रहेको जनाएका थिए।
सांसद जैरुले जर्सी सिटी काउन्सिल सदस्य मिरा प्रिन्ज आरे र डाईभर्सिटी र ईन्क्लुसन वोर्ड चिफ अफिसर सोराया हेब्रोनसंग पनि भेट गर्नुभएकोछ।