नारायणघाट-बुटवल सडक चार लेनमा स्तरोन्नति गरिँदै


प्रकाशित मिति : चैत्र ८, २०७५ शुक्रबार

नारायणघाट–बुटवल ११४ किमी सडक चार लेनमा स्तरोन्नतिको आज शुभारम्भ हुने भएको छ ।

एशियाली विकास बैंकको ऋण सहयोगमा सडक स्तरोन्नति हुन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै बुटवलमा सडक स्तरोन्नतिका लागि शिलान्यास गर्नुहुनेछ । सडक स्तरोन्नतिका लागि गत पुसमा ठेक्का सम्झौता भएको थियो ।

दुई खण्डमा सडक स्तरोन्नति गर्न लागिएको आयोजना निर्देशनालय (एडिबी) का उपआयोजना निर्देशक सुरेश पौडेलले राससलाई जानकारी दिनुभयो । पहिलो खण्ड गैँडाकोट–दाउन्ने ६५ किमी र दोस्रो खण्ड दाउन्ने–बुटवल ४८ किमी छ ।

दुवैको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सनले पाएको आयोजनाले जनाएको छ । कूल लागत रु १५ अर्बमा साढे तीन वर्षमा यो सडक चार लेनमा स्तरोन्नति गरिसक्ने ठेक्का सम्झौतामा उल्लेख छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निर्माण सम्पन्न भएको चार वर्षसम्म निर्माण व्यवसायीले नै मर्मतसम्भार गर्नुपर्ने उपआयोजना निर्देशक पौडेलले बताउनुभयो । हाल निर्माण व्यवसायीले डिजाइनको काम गरिरहेको छ । दुई महीनामा भौतिकरुपमै सडक स्तरोन्नतिको काम शुरु हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com