धरानमा होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । दिउसाे साढे ३ बजे धरान–७ बगैचालाइन स्थित दुइ समुह बिच झडप हुँदा रान–८ का २० वर्षीय निमा तामाङको छातीको दाँहिने भागमा छुरी प्रहारबाट मृत्यु भएको हो । तामाङ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको प्रहरीजे जनाएकाे छ ।
झडपमा धरान–८ का १७ वर्षीय मिलन बिक घाइते भएका छन् । प्रहरीले कानून विपरीत कार्य गरेको आरोपमा २१ जनालाइ पक्राउ गरेको छ । उनीहरूको साथबाट कट्टी, खुकुरी, बञ्चरोलगायतका हतियार बरामद गरेको जनाइएकाे छ । घटनाकाे अनुसन्धान भइरहेकाे इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।