क्यानडामा दक्ष कामदार भित्राउने कार्यक्रम स्थायी बन्दै


प्रकाशित मिति : चैत्र ७, २०७५ बिहीबार

क्यानडामा विश्वभरबाट दक्ष कामदार भित्राउने कार्यक्रम स्थायी बन्ने भएको छ । सन् २०१७ मा दुईबर्षका लागि यो कार्यक्रमको घोषणा गरिएको थियो । तर अब सन् २०१९ देखि ५ बर्षसम्म यो कार्यक्रम जारी राख्न ३५ मिलियन बजेट प्रस्ताव गरिएको छ ।

यो कार्यक्रम अन्तरगत क्यानडामा रहेका बिजनेशहरुले क्यानडामा कामदारको अभाव भएको खण्डमा विश्वभरबाट दक्ष कामदारहरु भित्राउन पाउनेछन् । क्यानडाको विश्वब्यापी दक्ष कामदारको सुचीमा पर्ने कामदारहरुलाई कम्पनीहरुले भित्राउन पाउनेछन् । खासगरी सुचनाप्रविधि, विज्ञान, इन्जिनियरिङ, गणित लगायतका विषयमा दक्षहरुलाई प्राथमिकतामा राखिनेछ ।

यो कार्यक्रम अन्तरगत श्रमबजारको प्रकृया पूरा गर्न दुईमहिनासम्म लाग्ने भएकोमा अब १० दिनभित्र नै वर्क परमिट लगायतका प्रकृया पूरा हुनेछ । क्यानेडियन संसदले बजेट पारित गरेपछि यो कार्यक्रम लागु हुनेछ । ग्लोबल स्कील स्ट्राटेजी अर्थात एसएसएस नाम दिइएको यो कार्यक्रम अमेरिकाको एचवान बी भिसासँग मिल्दोजुल्दो रहेपनि तुलनात्मक रुपमा सहज र प्रभावकारी रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com