थाकेको घण्टाघर


प्रकाशित मिति : चैत्र ६, २०७५ बुधबार

एक सय चौबीस वर्ष पुरानो घण्टाघरको घडीका सुई निकै थाकिसकेका छन् । इन्जिनका पार्टपुर्जा गलिसकेका छन् । कर्मचारीको कठोर मिहिनतबाट नियमित दम पाइरहेकाले धन्न घडीले घण्टी हानिरहेकै छ । राणाकालको चिनो जेनतेन चलिरहेकै छ । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।
घण्टाघरका मिस्त्री गणेश सापकोटा भन्छन्, “घडीलाई जबरजस्ती चलाइरहेको छु । अब धेरै चल्नेवाला छैन ।” विसं २०४४ बाट उनले सो घडी मर्मत गर्दै आएका छन् । घडी मर्मत गर्ने उनी एक्लो मिस्त्री हुन्  । त्रिचन्द्र क्याम्पसका कर्मचारी सापकोटाको अवकासपछिका लागि अर्को मिस्त्री तयार गरिएको छैन ।

“मेरो अवकासपछि त्यो घडी सङ्ग्रहालयमा राखिन्छ होला” उनले भने, “अरूले त बनाउन सक्दैनन् होला ।” उनले घडीका थुप्रै सामग्री परिवर्तन गरिसकेका छन् ।
इतिहासकार पुरुषोत्तमशमशेर राणाका अनुसार घडीको सहज पहुँच नहुँदाका बखत जनताले सहजरूपमा समय थाहा पाउन् भन्नका लागि १९५१ सालमा वीरशमशेरले घण्टाघर निर्माण गर्न लगाएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com