हिमाली र पहाडी जिल्लामा धुमधामका साथ होली मनाईँदै !


प्रकाशित मिति : चैत्र ६, २०७५ बुधबार

हिमाली र पहाडी जिल्लाहरुमा रंगहरुको पर्व होली आज धुमधामका साथ मनाईंदैछ । तराईका जिल्लाहरुमा भने भोलि मनाउनेछ । फागुन पूर्णिमाका दिन खेलिने होलीलाई मेलमिलाप र सद्भावको पर्वका रुपमा पनि लिने गरिन्छ । एकआपसमा सद्भावपूर्वक रंग, अबिर लगाएर खुशी साटासाट गर्दै यो पर्व मनाउने गरिनछ । त्रेता युगमा भगवान विष्णुका भक्त प्रल्हादलाई होलीसँग जोडेर हेर्ने गरिएको छ ।

हिरण्डकश्यपुका छोरा प्रल्हादलाई फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफै आगोमा भष्म भएको दिनदेखि यो पर्व मनाउने धार्मिक विश्वास छ ।

फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको वसन्तपुर दरबार अगाडि चीर विशेष रूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको थियो । सोही लिंगो आज राति ढालेर जलाएपछि होली पर्व समाप्त भएको मानिन्छ । होलीमा हुने उत्छृङखल गतिविधिलाई ध्यानमा राखेर प्रहरीले काठमाडौं लगायत विभिन्न जिल्लामा निगरानी बढाएको छ । इच्छा विपरीत जबरजस्ती रंग दल्न खोज्ने, लोला तथा पिच्किरी हान्नेलार्ई कारबाही गर्ने प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com