ओबामाले उनका उपराष्ट्रपति जो बाईडनलाई पनि व्हाइट हाउसमा रुवाए


प्रकाशित मिति : माघ १, २०७३ शनिबार

विजय थापा ,वाशिंगटन डिसी

मानिसलाई दुख पर्दा अधिकांश समय रुन्छन l सुखमा रुने पनि कमि छैन l थाहा नै नपाई हर्ष को आँशु आफै आई दिन्छ l त्यस्तै गरि अमेरिकाका राष्ट्रपति बराक ओबामाले आफ्ना दाहिने हात तथा प्रिय उपराष्ट्रपति जो बाईडन लाई वाशिंगटन डिसी स्थित राष्ट्रपति भवनमा रुन बाध्य बनाई दिएका छन् l

ओबामाले सिकागोमा केहि दिन अगाडी मात्र आफ्नो कार्यकालको अन्तिम भाषणमा आफु पनि रोएका थिए र छोरी लाई पनि रुवाएका थिए l त्यस समयमा पनि मानिस धेरै भावुक भएका थिए भने प्रथम महिला मिसल ओबामा पनि भावुक बने पनि आँशु खसाल्न सकिनन् l

तर उप राष्ट्रपति जो बाईडन लाई ओबामाले मन्तब्य कै क्रममा दाजु पाएको भनेका थिए l एउटा राष्ट्रपतिले आफ्नो उपराष्ट्रपती लाई यति माया ,श्रद्धा ,ईज्जत विरलै दिएको पाईन्छ lगत जनवरी १२ तारिखमा बाइडन लाई आश्चर्य बनाउदै राष्ट्रपतीय स्वतन्त्रको पदक ले विभूषित गरेका छन l उनि आश्चर्य मान्दै मन थाम्न सकेनन र आँशु झार्न बाध्य भए भने उनका परिवार पनि भावुक बनेका थिए l

ओबामाले डेलावर का लामो समय सम्मका सिनेटर र अमेरिका कै अहिले सम्म कै उत्कृष्ट उप राष्ट्रपति तथा अमेरिकन ईतिहासका सिंह भन्दै पदक द्वारा विभूषित गरेका थिए l उप राष्ट्रपतिलाई राष्ट्र कै उच्च नागरिक सम्मान दिएका थिए भने बिगतमा उक्त पदक तथा सम्मान रोनाल्ड रेगन ,पोप जोन पौल द्वितीय तथा जेनरल कोलिन पावेललाई दिइएको छ l

ओबामाले जो बाइडन लाई जान्न छ भने कुनै बहाना बिना प्रेम ,आत्म सम्मान बिना सेवा र जीवन पूर्ण निर्वाह गर्नु हो भने l बाईडनले पनि राष्ट्रको लागि महत्वपूर्ण चिज गरेको बताए l र आफुलाई समकक्षी झैँ व्यवहार गरि शासन बिधिमा बराबर गरेको विचार राखेका थिए l बाईडन ले म यस्को लागि योग्य छैन तर पनि यो राष्ट्रपति को हृदय बाट आएको कुरा राखेका थिए l
तस्बिर : सुसान वाल्स /एपी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com