जन्मदिनको चकलेट किन्न हिंडेका बालकलाई जेब्राक्रसिंगमै गाडीले ठक्कर दिंदा मृत्यु


प्रकाशित मिति : चैत्र ४, २०७५ सोमबार

जन्मदिनको खुसियाली मनाउने योजना थियो वसन्त थापाको । अतिरिक्त कक्षा अध्ययन गर्न बिहानै विद्यालय पुगेका वसन्तका साथीले उनलाई शुभकामना दिए । सोमबारबाट १५ वर्षमा प्रवेश गरेका थिए उनी ।

कक्षाबाट छुट्टिएको आधा घण्टा पनि नबित्दै सवारी दुर्घटनामा वसन्तको मृत्युको खबरले उनका साथीहरु स्तब्ध भए ।
साथीहरु चकलेट बाँड्ने योजना बनाउँदै बिहानी कक्षा सकिएपछि वसन्त खाना खान घर गएका थिए । फर्कदा ढिला हुने ठानेर उनले घर जाँदै मिठाई किन्ने सोच बनाए । समाचार अन्नपूर्ण पोस्ट दैनिकले प्रकाशित गरेको छ ।

जेब्राक्रसबाट बाटो पार गर्न लाग्दा उनलाई बोलेरो गाडीले ठक्कर दियो । गाडीको ठक्करबाट जन्मैकै दिन उनले संसारबाट विदा लिए । उनलाई जेब्रा क्रसिङमै ना ४ च ५००७ नम्बरको बोलेरोले ठक्कर दिएको हो । समाचार रत्ननगर–१० कैलाश टाेलकाे हाे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com