पत्नीको उपचारमा पतिको भूमिकामा अमेरिका आएका प्रचण्डको विषयमा संवेदनाहीन नबनौं


प्रकाशित मिति : चैत्र ४, २०७५ सोमबार

– राधाकृष्ण देउजा

नेकपाको अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” को अमेरिका भ्रमणको विषयलाइ लिएर अहिले सामाजिक संजालमा चर्चा परिचर्चा छ । त्यो तहको नेताको भ्रमणको विषयमा चर्चा परिचर्चा हुनु सामान्यनै विषय हो तर अहिलेको चर्चामा अलिक अमानवीयता , अविवेकीता अनि अराजकता पनि देखिंदै गएको देखिएको छ जुन चाहिं असामान्य मात्रै नभएर नेपालीको रुपमा हाम्रो पहिचानलाइ नै नया ढंगले बुझिने अवस्थाको कारक बन्ने खतरा देखिएकोले मौनता साँध्नु उचित लागेन । अहिले पुष्पकमल दाहालको भ्रमणको बारेमा चर्चा गरिरहँदा निम्न कुराहरुलाइ जवर्जस्त स्मरण र स्वीकार गर्नै पर्छ जसले भोली भविष्यमा हुने यस्ता खालका भ्रमणको दौरान अहिले जस्तै अविवेकी र आफ्नै वौद्धिकता मजाक बन्ने तर्कहरु नआउन ।

१. स्वाभाविक रुपमा बिगतमा भएको हिंशात्मक युद्धको नीति निर्माण देखि कार्यान्वयनसम्मको नेतृत्व हुँदै त्यस युद्धलाइ शान्तिपूर्ण रुपमा अवतरण गराउने समयसम्मको नेतृत्वकर्ता भएको नाताले तत्कालिन युद्धको जस वा अपजस देखि शान्ती स्थापनाको जस समेत उनको भागमा पर्छ । तत्कालिन युद्धको दौरान भए गरेका घटनाहरुमा उनि समेतलाइ दोषी ठहर गर्ने अदालती फैसला भएको अवस्थामा उनि कारवाहीको भागीदार हुनुपर्छ भन्नेमा पनि विवाद छैन तर हामीले माने पनि नमाने पनि अहिलेसम्म उनि अपराधमा संलग्न रहेको ठहर सहितको फैसला कहीं कतैबाट भएको छैन , त्यसैले उनलाई तत्कालिन १० बर्षे युद्धको दौरानको मानवीय क्षतिको एक्लो जिम्मेवारको रुपमा दोषी ठहर गराउने र उनलाई विदेशी भूमिमा पक्राउ गराउने तर्क वा सोच कसैले राखेको भए त्यो हाललाइ एक हसिन सपने मात्रै हुनेछ भन्ने बुझ्दा राम्रो । त्यसभन्दा पनि महत्वपूर्ण कुरो भनेको युद्ध छोडेर आफ्नो शान्तीपूर्ण राजनीतिमा आइसकेको पुष्पकमल दाहाललाइ यो वा त्यो ढंगले मान मर्दन गर्ने विषयले तत्कालिन माओवादीले युद्ध छोडेर जानु उचित थिएन भन्दै युद्धको व्यापारमा आफ्नो फाइदा खोज्ने शान्तीविरोधीहरु र माओवादी युद्ध समाप्ति पश्चात आफु भूमिका र शक्तीहिन भएको ठान्ने र अहिले पनि युद्ध आवाश्यक छ भन्ने बन्दुके मानसिकता राख्नेहरुलाइ मात्रै फाइदा हुनेछ ।

२. कतिपयले पुष्पकमल दाहालले आफ्नो श्रीमतीको उपचार अमेरिकामा गराउने आर्थिक व्यवस्थापन कसरि गरे भन्ने जिज्ञासा सहितको आक्रोश व्यक्त गरिरहेका छन । सामाजिक मानिसहरुको जीवन पारदर्शी हुनुपर्छ भन्ने सिद्धान्तलाइ स्वीकार्दै भन्नु पर्ने हुन्छ कि राजनीतिक स्वार्थ वा आक्रोशको आवरण नभएकाहरुले यो प्रश्न स्वाभाविक रुपमा उठाउन पाउनेछन र राजनीतिलाइ नै जीवन बनाउने प्रचण्डले पनि यसको उत्तर समय क्रममा पक्कै देलान नै । खैर राजनीतिक स्वार्थ र आवद्धताको आवरणमा आएको पारदर्शिताको रागको चाहिं कुनै उत्तर हुनै सक्दैन तर सर्व साधारण जनताको दृष्टिबाट आएको प्रश्नको उत्तर चाहिं पुष्पकमल दाहालको ठाउँमा आफुलाइ राख्दा आइहाल्ने छ । हामी जोसुकैले पनि एक पटक आफैंलाइ सोधौं “ दुइटा सन्तानले अकालमा ज्यान गुमाइसकेको पिडा बोकेकी आफ्नी धर्मपत्नीले भोगी रहेको स्वास्थ्य समस्याको कहीं कतै उपचार छ भन्ने लाग्यो भने हामि ऋण धन , साथ सहयोग खोजेर भएपनि उपचार गर्न लादैनौ ?” जरुर लान्छौं । हो पुष्पकमलले पनि आफ्नो श्रीमतीलाइ उपचार हुने सम्भवना देखे अनि अमेरिका ल्याए, ल्याउनु नै पर्थ्यो । अव उनले के कसरि त्यसको खर्च धान्नेछन त्यो उनको जिम्मेवारी हो , कुनै दिन आफ्नो जीवनकथा लेख्नु वा भन्नु पर्दा भन्लान पनि ! हैन कसैलाइ यसो गर्न उनले आर्थिक हिनामिना गरेका छन, शक्तिको दुरुपयोग गरेका छन भन्ने लाग्छ भने त्यसको छानविन गर्ने निकायहरुको ढोका ढकढक्याउंदा भै हाल्ने भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

३. आज पुष्पकमल दाहाललाइ जे आइपरेको छ त्यस्तो अवस्था भोलि अर्को कुनै दलको कुनै नेतालाइ पनि पर्न सक्छ , उनिहरु स्वयं वा उनीहरुको परिवार स्वास्थ्य समस्याबाट गुज्रिन सक्छन, त्यो बेलामा पनि सम्वन्धितको मानवीयताको ख्याल राख्ने , निजको पारिवारिक वाध्यताको महशुस गर्ने अनि निजहरु उपर टिप्पणी गर्दा मर्यादित र तर्कसम्मत ढंगले गर्ने कार्य मात्रै पाच्य हुनुपर्छ । राजनीतिक आवद्धता, स्वार्थ अनि असन्तुष्टिलाइ कसैको व्यक्तिगत जीवनमा प्रहार गर्ने विषयको कारक बनाउनु हुदैन ।

यसो भनेर लेख्दै गर्दा यसलाइ चाकरी , चाप्लुसी वा यस्तै केहि भनिने छ भन्ने बुझ्दाबुझ्दै पनि लेखेको हुँ किनकि कमसेकम मलाइ थाहाछ पुष्पकमल दाहालको चाकरी गरेर मलाइ केहि लिनु छैन , अनि मलाइ यो पनि थाहाछ कि पुष्पकमल दाहालको राजनीतिक र सामाजिक जीवनसंग जोडिएका विषयमा तर्क सहित गरेका आलोचनायुक्त लेखनीहरु अहिले पनि मेरो सामाजिक संजालमा छन जसको हरेक अक्षरहरु प्रति अहिले पनि म जिम्मेवार मात्रै हैन अटल पनि छु । अनि मानवीयता र पारिवारिक वाध्यताको वारेमा त अहिले मात्रै हैन विगतमा पुष्पकमल दाहालकै कडा आलोचना गर्दै गर्दा पनि उनको मानवीय संवेदना र वाध्यताको कदर हुनुपर्छ भनेर लेखेका सामग्री पनि सुरक्षित नै छन ।

समग्रतामा भन्नु पर्दा हरेक मान्छे वहु भूमिका हुन्छ र भूमिका अनुसारको जिम्मेवारी पनि । कसैको सन्तान , कसैको पति वा पत्नी , कसैको माता पिता अनि फरक राजनीतिक, सामाजिक, पेशागत वा व्यवसायिक भूमिका जीवनका सत्यता हुन, जुन भूमिकामा जे गर्नु पर्ने हो त्यही गर्नैपर्छ , गर्न सक्दा त्यसको जस नसक्दा अपजस पनि बोक्नु पर्छ तर एउटा भूमिकामा अव्वल भयो भन्दैमा अरु सबैमा अव्वल हुने अनि एउटामा दुर्वल वा असफल हुँदा सबैमा हुने पनि हैन । त्यसैले सबैको जस्तै पुष्पकमल दाहालको पनि थरि थरिको भूमिका हुने नै भयो , अहिले उनि एउटा पिताको रुपमा आफ्ना सन्तानहरुको आमाको अनि एउटा पतिको रुपमा आफ्नो जीवनसंगिनीको श्रीमान ( पतिको) भूमिकामा छन । उनलाइ यस कामको निम्ती धन्यवाद दिउँ , उनकी धर्मपत्नीको शिघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गरौँ ! यसै दौरान समय निकालेर राजकीय र कुटनीतिक भेटघाट गर्न पनि भ्याएछन भने त्यसमा पनि देश र जनताको स्वार्थमा कहीं कतै चोट नपुगोस भन्नेमा चनाखो रहुँ, आवश्यक सल्लाह र सुझाव दिउँ तर साँघुरो मन बनाएर उनले यसो गर्न हुन्छ त्यसो गर्नु हुन्न नभनौं । सबैले लोकतन्त्र र कानुनी शासनको पक्षधरहरुलाइ आक्रोश, उत्तेजना वा लहडमा धारणा बनाउने अनि त्यसै अनुसारको भ्रम र अफवाह फैल्याउने छुट दिदैन भन्ने सत्यको मनन गरौँ !

लेखक

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com