बक्सिङ मा ११ वटा खेल मध्ये १० वटामा जितेर फर्किए अविलर घिमिरे , जापानमा फहराए नेपाली झन्डा
प्रकाशित मिति : चैत्र ४, २०७५ सोमबार

जापानमा भएको किक बक्सिङ प्रतियोगितामा ११ वटा खेल मध्ये १० वटामा जितेर फर्किएका खेलाडी अविलर घिमिरे ‘हिम चितुवा’लाई त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ ।
जापानी भूमिमा नेपालको झण्डा फहराएर देशको इज्जत राखेको भन्दै घिमिरेलाई नेपाल सि–क्योक सिन कराते एशोसियसन र चन्द्रागिरी नगरपालिकाले विमानस्थलमा स्वागत गरेको हो ।
आफ्नो पहिलो भिडन्तमा नै ब्राजिलका खेलाडीसँग भिडेका अविरलले पछिल्लो पटक गत साता दक्षिण कोरियाका खेलाडी जुग ओ जिमको चुनौतीलाई सहजै पन्छाएका थिए । ब्राजिलका खेलाडीसँग उनको भिडन्त एमेच्योर खेलाडीको रूपमा रहेको थियो ।
दुई दर्जन बढी व्यवसायिक भिडन्तमा सफलता हात पारिसकेका जिमलाई अविरलले नकआउट गरेर नेपाली झण्डा फहराउन सफल भएका थिए ।
विमानस्थलमा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले आगामी दिनमा खेललाई शसक्त बनाउँदै लैजाने र खेलकुदबाट देशको नाम फैलाउने प्रतिबद्धता व्यक्त गरे ।