मुलुकको अखण्डता, सबैभौमसत्ता र एकतामा जनमत संग्रह हुनै सक्दैन : कांग्रेस नेता खांण


प्रकाशित मिति : चैत्र २, २०७५ शनिबार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खांणले मुलुकको अखण्डता र सार्वभौमसत्ताका सम्बन्धमा जनमत संग्रह हुन नसक्ने बताउनुभएको छ ।
प्रेस युनियन रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खांणले राष्ट्रिय राजनितीको मुलधारमा नरहेका शक्तिलाई मुलधारमा ल्याउने सरकारको कदम सकारात्मक भएको बताउनु भयो । उहांले सहमती गर्ने सरकार र सहमतीमा आउने शक्तिको फरक फरक धारणा आउंदा आशंका उत्पन्न भएको स्पष्ट पार्नुभयो ।
सहमतीका बुंदाहरुका बिपरित सिके राउत समुहले देखाएको गतिबिधी आपत्तीजनक रहेको उहांको भनाई छ ।

कांग्रेस संसदिय दलका सचेतक समेत रहेका नेता खांणले हतियार र हिंसाको राजनिती नेपालीले खेप्न नसक्ने बताउंदै बिप्लप समुहलाई हिंसाको बाटो छाडेर जनताको मतबाट राजनिती गर्न आग्रह गर्नुभयो । उहांले मुलधारमा नआएका राजनितिक धारहरुका लागि सरकारले सधैं बार्ताको ढोका खोलि रहनु पर्ने भन्दै कुनैपनि शक्तिले हिंसात्मक राजनिती छाड्नै पर्ने बताउनु भयो ।

कांग्रेस संसदिय पद्धतीमा बिश्वास गर्ने पार्टी भएको भन्दै कांग्रेसको संसदिय भुमिका बलियो बनाउनेमा पार्टी केन्द्रित रहेको बताउनु भयो । सडक र अराजक खालको आन्दोलनमा कांग्रेसको बाटो नभएको उहांको धारणा छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com