एउटै कोठाबाट १० कार्यालयको काम हुँदै


प्रकाशित मिति : चैत्र १, २०७५ शुक्रबार

खनियाँबास गाउँपालिका कार्यालय । सानो कोठा, सेवाग्राहीका भीड । एउटा सानो सोफा, २ कुर्सी, एकातर्फ गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ र अर्कोतर्फ उपाध्यक्ष योमा तामाङ । भेटघाटका लागि कोही आए उभिनुपर्ने बाध्यता । वडाध्यक्षहरु सोफामा बस्दा योजनाका बारे छलफलका लागि आएका सेवाग्राही उठेरै आफ्ना कुरा राख्नुपर्ने अवस्था ।

न्यायिक समितिको छलफल उपाध्यक्षले बाहिर चौतारीमा गराउँछिन् ।गाउँपालिकामा कार्यपालिका बैठक पनि चौतारीमै बस्नुपर्ने अवस्था छ । दार्खा, झार्लाङ, र सत्यदेवी गाविसलाई समायोजन गरी ५ वडा गराइएको खनियाँबासको स्थानीय सदरमुकाम टुंगो नलाग्दा भवन निर्माण पनि भएको छैन । यो समाचार कान्तिपुरमा प्रकाशित छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com