नेपालमा वार्षिक करिब सवा तीन लाख छाेरीकाे भ्रूणमै हत्या !


प्रकाशित मिति : चैत्र १, २०७५ शुक्रबार

छोरा मोहका कारण महिलाले छोरीको भ्रूणहत्या गर्ने क्रम बढेको छ । लिंग पहिचान गर्न महिला स्वास्थ्य संस्थामा गएर अल्ट्रासाउन्ड गर्छन् र छोरी भए हत्या गरिदिन्छन् । सीमावर्ती क्षेत्रका महिला भने भारतीय सहरमा पुगेर लिंग परीक्षण गराउँछन् ।

हालै गरिएको एक अध्ययनमा सहभागी महिलामध्ये १७ प्रतिशतलाई अल्ट्रासाउन्ड सेवा प्रदायकले भ्रूणको लिंगबारे बताएका थिए । ‘गर्भमा छोरी रहेको थाहा पाएपछि भ्रूणहत्या गर्ने गरेको पाइयो’, अध्ययनमा संलग्न वातावरण स्वास्थ्य र जनसंख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) का निर्देशक आनन्द तामाङले भने । भ्रूणको लिंग पहिचान गर्नु गैरकानुनी हो ।

नेपालमा वार्षिक तीन लाख २३ हजार ९४ जनाले गर्भपतन गराउँछन् । तीमध्ये ४२ प्रतिशतले मात्र सरकारी मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट गर्भपतन गराउँछन् । ५८ प्रतिशत गर्भपतन अवैध हुने गरेको छ ।

स्त्री तथा प्रसूति विशेषज्ञ डा. हीरा तुलाधर असुरक्षित तरिकाले गर्भपतन गराउँदा कैयन् महिलाले ज्यान गुमाउने गरेको बताउँछिन् । ‘असुरक्षित गर्भपतन गर्दा कतिपयको स्वास्थ्य अवस्था गम्भीर हुने र कतिको ज्यानसमेत जाने गरेको छ’, डा. तुलाधरले भनिन् । याे समाचार दिनेश गाैतमले अन्नपूर्णमा लेखेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com