Follow @khasokhasmag

प्रमुख संरक्षक जीवाकै कार्यक्रममा आएनन् एनआरएनका प्रतिनिधि


प्रकाशित मिति : पुस २८, २०७३ बिहीबार

आफ्नो नियात्रा पुस्तक संग्रह सरसर्ती संसार बिमोचन गर्न लन्डन गएका गैर आवासिय नेपाली संघका पुर्व अध्यक्ष तथा प्रमुख संरक्षण जिवा लामिछानेको कार्यक्रममा एनआरएन बेलायतका प्रतिनिधीहरु उपस्थीत नभएपछि अहिले त्यसको चर्चा चुलिएको छ ।

पुस्तक बिमोचनका लागि लन्डन पुग्दा जीवाको कार्यक्रममा गैर आवासिय नेपाली संघ बेलायतका अध्यक्ष लगायत कोही पनि तथा एनआरएनका प्रतिनिधीहरु सहभागी भएका थिएनन् ।

लामिछाने प्रमुख संरक्षक रहेकै एनआरएनका प्रतिनिधीहरु कार्यक्रममा नआएपछि सोही विषयलाई लिएर सहभागीहरु मुखामुख गरेका थिए ।

लामिछानेको पुस्तक बेलायतका लागि नेपाली राजदुत दुर्गा बहादुर सुवेदी र बेलायत भ्रमणमा रहेका मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)का सांसद जितेन्द्र नारायण देवले संयुक्त रुपमा विमोचन गरेका थिए ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com