नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आफ्नो हत्या गर्ने षड्यन्त्र गरेको बताएका छन् ।
‘पछिल्लो चरण मेरो कार्यालयका सचिव भएर बसेका विप्लवहरुले म (प्रचण्ड) लाई नै एक नम्बरमा राखेर मार्नुपर्ने भनेर माइन्युट गर्नुभएको छ रे । टिम पनि खटाउनुभएको छ भन्ने सरकारका तर्फबाट आज बिहान मलाई सुचना दिइयो, ‘दाहालले भने, ‘के भएको होला साथीहरुलाई ? मलाई मारेर संघीय लोकतान्त्रिक गणतन्त्र बच्ने हो र ?’
योङ कम्युनिस्ट लिगले आयोजना गरेको सहिद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रमलाई बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै दाहाललाई आफूलाई मार्ने योजना बनाएकामा ‘विप्लव’ प्रति दया लागेको बताए । यो समाचार अन्नपूर्णमा प्रकाशित छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।