आहा गोल्ड कप खेल्न नेपाली अमेरिकन भकुण्डो टोलि भोलि नेपाल उड्ने


प्रकाशित मिति : पुस २८, २०७३ बिहीबार

-विजय थापा / वाशिंगटन डीसी

जनवरी ११ ,पोखरामा संचालन हुने आहा रारा गोल्ड कप खेल्न नेपाल जाने अमेरिकन भकुण्डो टोलि भोलि जनवरी १२ तारिख नेपाल उड्ने पक्का भएको छ l आज डीसी महानगर क्षेत्रको भर्जिनियामा आयोजित खेलाडीहरुलाई बिदाई तथा शुभकामना कार्यक्रममा उक्त कुराको जानकारी दिइएको छ l

अमेरिकाको फिला डेल्फियाबाट अधिकांस खेलाडीहरु नेपाल जाने जाने तय भएको छ l आज भएको बिदाई तथा शुभकामना कार्यक्रममा अन्तिम समयमा आएर हिजो राति मात्र हवाई जहाजको टिकट लिईएको जानकारी दिइएको छ

गत दिसम्बर १९ तारीख १८ जना खेलाड़ी तथा ६ जना आरक्षित खेलाड़ीहरु सहित नेपाल जाने सूचि तैयार गरिएको थियो l आगामी जनवरी १७ तारीख देखि २८ तारीख सम्म पोखरामा आयोजना हुने अंतर राष्ट्रीय स्तरीय आहा गोल्ड कप प्रतियोगिताको लागि उत्कृष्ट खेलाड़ीको छनौट घोषणा गरेको थियो l

कार्यक्रममा एएनए नेपाल अमेरिकन भकुण्डो टोलि का संयोजक चन्द्र लामाले हामी जित्ने छौ भनेर जान लागेको बताए l लामाले खेलमा अनुशासन भन्ने सबै भन्दा ठुलो कुरा रहने बताए l खेलाडीहरुलाई प्रोत्साहन दिन शुभकामना दिने क्रममा पूर्व राष्ट्रिय खेलाडी बिना खड्काले यो कार्यक्रमको लागि धेरै दुख पाईयो भन्दै अन्तिममा सुख पाएकोले सबै बिर्सेको बताईन l राम्रो कामको लागि दुख गर्नु राम्रो कुरा बताइन l अनुसासनलाई ध्यान दिन अनुरोध गर्दै प्रशिक्षकको कुरा सुन्नु पर्ने बताईन l

डीसी क्षेत्रमा बसोबास गर्ने प्राध्यापक गोपी उप्रेती(बिद्या वारिधि )ले खेलाडिलाई सम्बोधन गर्दै यहाहरुले ईतिहास बनाउदै हुनु हुन्छ भनि खेलाडिलाई प्रोत्साहन गरेका थिए l यो सबै भन्दा राम्रो अवसर भन्दै शुभकामना दिएका थिएl शुभकामना मन्तब्य दिने क्रममा एरो ट्राभल्स का संचालक राकेश तुलाधरले पनि शुभकामना दिदै खेलाडीलाई सम्झाउदै यहाहरु उत्प्रेरित हुनु पर्छ भने l नेपाल जाने खेलाडी बिज्ञान श्रेष्ठले एएनएलाई बिशेष धन्यबाद दिदै हिजो सम्म टिकट को अतोपत्तो नभएको तर रातारात व्यवस्थापन गरेकोमा हर्ष व्यक्त गरे l

नेपाल अमेरिकन भकुण्डो टोलि नेता प्रलय राज भण्डारी ले एएनए लाई धन्यवाद दिदै हामी खेल्न गएका हौ भने l हाम्रो पहिलो प्राथमिकता भनेको खेल हो परिवार दोश्रो हो भने l एएनएका अन्तरिम सभापति मेदिनी अधिकारीले सबैलाई कुनै पनि परिणाम लिन सजिलो छैन l समुह मा जोश हुनु पर्छ l मन्तब्य कै क्रममा नेपाल जाने खेलाडी सबै लाई आजीवन सदस्य बन्न आग्रह समेत गरे l र खेलाडी लाई एएनएन बन्न र नेपाल जानु अगाडी हौशला प्रदान गर्न सपथ ग्रहण गराए l अधिकारीले पनि खेलाडीमा अनुशासन हुनु पर्ने र आफूले आफैलाई गर्व गरौ भन्दै आहा गोल्ड कप जितेर ल्याउन प्रोत्साहन गरे l

बिदाई तथा शुभकामना दिने क्रममा वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारीले खेलाडीलाई शुभकामना दिदै उत्तर अमेरिका कै इतिहासमा पहिलो पटक अमेरिका बाट दोश्रा पुस्ताका खेलाडी मातृभूमि भकुण्डो खेल्न जाने अवसर पाएकोमा हर्ष लागेको बताए l छोटो समयमा यस्को तारतम्य मिल्न गएको र कसरी सम्पूर्ण खेलाडीलाई यत्रो ठुलो खर्च जुटाउन सकियो भन्ने बारेमा संक्षेपमा कुरा राखे l उनले अगाडी भने आर्थिक पारदर्शिताको कुरा आउछ भन्दै यो व्यक्तिगत भन्दा समूहको कुरा हो भन्दै संस्थाले गरेको कुरा सार्बजनिक हुनु पर्छ भने l र जितेर आउने छौ भनेर सबै खेलाडीलाई उत्प्रेरणा गरे l

गत दिसम्बर १७ तारीख डीसीमा भएको छनौटको खेलमा सबै खेलाडीलाई हौसला प्रदान गर्नुको साथै अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमार कार्की (बिद्या वारिधि )ले शुभकामना दिएका थिए भने आज भएको बिदाई कार्यक्रममा पनि शुभकामना संदेश पठाएका थिए l अमेरिकामा सन १९८३ मा स्थापना भएको दी एसोसिएसन अफ नेपालीज इन अमेरिका ( एएनएन) को यो एक महत्वकांक्षी परियोजना हो l कार्यक्रम संचालन गैर आवासीय नेपाली संघ ,भर्जिनिया शाखाका सचिब कृष्ण भण्डारीले गरेका थिए भने मन्तब्य कमल भुषालले पनि बिदाई शुभकामना दिएका थिए l

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com