दुबै मृगौला पीडित २६ वर्षीय किशोर भन्छन्, ‘म बाँच्न चाहन्छु’


प्रकाशित मिति : फाल्गुन ३०, २०७५ बिहीबार

खगेन्द्र घिमिरे

गरिवको घरमा अधिकार्ष समय अनेक मानिसका जीवनमा समस्याहरु बग्रेल्ती आउँछन् र छन् पनि। समस्या सबैलाई हुन्छ तर सबैका समस्या फरक–फरक हुन्छन्। फरक–फरक समस्या भएपनि समस्याको एउटै सार हुन्छ त्यो हो ‘पीडा’।

सूर्योदयन गरपालिका ६ तारगाउँ को रसयाली परिवारमा एउटा यस्तै ठूलो समस्या आएको छ। कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेको रसयाली परिवारले परिवारमा देखिएको समस्या समाधान गर्न सक्ने अवस्था नै छैन। याम वहादुर र लिला रयसालीको २६ बर्षीय छोरा किशोरको दुबै मृगौलाले काम गर्न छाडिसकेको छ।

जुनसुकै हालतमा उनको मृगौला फेर्नुपर्ने डाक्टरले सुझाव दिएका छन्। मृगौला फेर्न सकिएन भने उनको बाँच्न सक्ने अवस्था धेरै कम छ। उनको मृगौलाले काम गर्न छाडेको हुँदा तत्काल मृगौला फेर्नु पर्ने भनेपछि त्यो परिवारको हाँसो खुसी सबै आँसुमा परिणत भएको छ।

भारतको बेङ्लोरमा होटलमा कामको शिलशिलामा काम गर्दै गर्दा उनी एक्कासी बिरामी भए। तत्काल उनलाई उपचार गर्न लादा उनको दुबै मृगौला फेल भएको रिपोटमा देखिएको थियो। उनलाई नेपाल ल्याएर काठमाडौ लगायतका अस्पतालमा उपचार गर्दा गर्दै १७ लाख बढी रकम सकिएको आमा लिलाले बताईन्।

कमजोर आर्थिक अवस्थाले रुमलिएको परिवारमा ‘किशोर दैनिक उपचार गरिरहनु परेको छ’–‘डाक्टरले मृगौला फेर्नु भनेको छ, जसोतसो खर्च जुटाएर अहिलेसम्म उपचार गर्यौं तर अब थप उपचार गर्ने एक रुपैंया पनि छैन, ठूलो समस्यामा परेका छौं हजुर।’ किशोरकी आमा लिला गहभरी आशुँ पारेर पीडा पोख्छिन्।

मृगौला पीडित किशोर भन्छन् ‘आमा बुबालाई पैसा कमाएर बुढेसकालमा पाल्ने सपना अधुरो हुने भयो, मलाई बचाउनुस् म बाँच्न चाहन्छु, विन्ती।’ किशोरको बुबा याम समेत शारीरिक रुपमा अशक्त रहेका छन्। उनको दाहिने हातको भाग सानै देखि पुरा काम गर्न नसक्ने अवस्थामा रहेको छ। आगोले पोलेको उनको हातले खासै काम गर्न सक्दैन् ।आफ्नो मृगौला दिदा समेत १० लाख बढी खर्च लाग्ने हुँदा छोरा बचाँईदिन उनले आग्रह गरे।

किशोरलाई बचाउका लागि एभरेष्ट बैंक लिमिटेडको खाता नम्वर ०२१२०५२५२०००७१ वा अनुसन्धान मिडिया ९८०४९९०००१ मा सम्पर्क गर्न सक्नुहुने छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com