विप्लवको नेपाल बन्दः कतै आगजनी, कतै तोडफोड, कतै बम


प्रकाशित मिति : फाल्गुन ३०, २०७५ बिहीबार

विप्लव नेकपाले आह्वान गरेको नेपाल बन्दकाक्रममा विहानै कैलाली, मकवानपुरमा ट्रक, बस र ट्याक्टरमा आगजनी भएको छ । बन्दका कारण आज देशभरको जनजीवन प्रभावित भएको छ । मकवानपुरको थाहा नगरपालिका–४, नयाँगाउँमा गएराति एक ट्रकमाथि आगजनी गरिएको छ ।

बन्दमा गाडी चलाएको भन्दै उता कैलालीको घोडाघोडी नगरपालिकास्थि साडेपानीमा ट्रक, गौरीगंगा नगरपालिका बडैपुरर राजिनपुरबीच एउटा बसमा आगजनी गरिएको छ । त्यसैगरी धनगढी उपमहानगरपालिकाको राजपुरमा ट्रकमा आगजनी भएको छ भने लम्कीमा जल्दै गरेको ट्याक्टरका आगो नियन्त्रणमा लिइएको छ ।

यता काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना ५ ख ७४११ नम्बरको हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडीमा आगजनी भएको छ । आगजनीका कारण ट्रक पूरै जलेको छ । प्रहरीका अनुसार गएराति १२ बजे आगजनी भएको थियो । मास्क लगाएका युवाहरुले पेट्रोल छर्केर आगजनी गरेको चालकले बताएका छन् । ट्रकमा आगलागी भएपछि थाहा

नगरपालिकाको दमकलले नियन्त्रण गरेको थियो । आगलागीबाट ट्रकको अगाडिको भाग पूरै जलेको छ । यसैबीच पोखराको सभागृह नजिकै बम भेटिएको छ । सभागृह चोकमा बिहीबार बिहानै बम जस्तो बस्तु भेटिएको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै हेटौंडा औद्योगिक क्षेत्र नजिकै बम भेटिएको छ । पूर्वपश्चिम राजमार्ग नजिकै रहेको औद्योगिक क्षेत्रमा बमको हल्लाले त्रास फैलिएको थियो । प्रहरीका अनुसार निलो प्लाष्टिकमा बेरेको अवस्थामा बम जस्तो देखिने शंकास्पद बस्तु भेटिएको थियो ।

नेपाली सेनाले डिस्पोज गरेको थियो । सरकारले आफ्नो पार्टी नेता तथा कार्यकर्तामाथि दमन र गिरफ्तारी भन्दै सो पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण यस्त घटनामा बृद्धि आएको छ । गत २८ गते सरकारले घोषितरुपमै सो पार्टीमाथि प्रतिबन्ध लगाएपछि यस्ता घटना बढ्ने अनुमान गरिएको छ ।

आज नै सो पार्टीका महासचिव विप्लवले सरकारी प्रतिबन्धको कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन् । सरकारले लगाएको प्रतिबन्ध गलत भएको भन्दै वार्ताबाटै समस्याको समाधान खोज्न पनि दवाव परिरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com