सामूहिक राजीनामाको तयारीमा सरकारी चिकित्सक


प्रकाशित मिति : फाल्गुन २९, २०७५ बुधबार

आफ्ना माग पूरा नहुने भएपछि सरकारी चिकित्सकले सेवाबाटै राजीनामा दिने बताएका छन् ।

पटक–पटक धर्ना, जुलुस, बहिरङ्ग (ओपीडी) सेवा बन्दलगायतका आन्दोलन गर्दा पनि चिकित्सकको मागलाई सरकारले सम्बोधन नगरेपछि उनीहरूले राजीनामा दिने तयारी गरेका हुन् ।

सरकारी चिकित्सक संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले माग पूरा नगरे अब सरकारी सेवामा बसिरहनुको कुनै औचित्य नभएको बताए, याे खबर आजकाे गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com