विप्लव नेतृत्वको नेकपा उग्र वामपन्थी राजनीतिक शक्ति हो : संयोजक भट्टराई
प्रकाशित मिति : फाल्गुन २९, २०७५ बुधबार
नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय संगतिपूर्ण नरहेको टिप्पणी गर्नु भएको छ ।
संयोजक भट्टराईले राष्ट्र बिखण्डनमा लागि परेको सिके राउतसँग सहमति गरेको सरकारले चन्द नेतृत्वको नेकपालाई एकैचोटी प्रतिबन्ध लगाउने निर्णय लिनु संगतिपूर्ण नभएको बताउनु भएको हो ।
बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा संचारकर्मीमाझ उहाँले राष्ट्रिय जनता पार्टी, नेपालका सांसद रेशम चौधरीलाई जन्म कैद दिने अदालतको निर्णयप्रति पनि असन्तुष्टि जनाउनुभयो ।
संयोजक भट्टराईले नेत्र विक्रम चन्द नेतृत्वको नेकपा उग्रबामपन्थी राजनीतिक शक्ति भएकाले उनीहरुलाई सुधारका लागि सरकारले अन्तिम मौका दिनुपर्नेमा प्रतिवन्ध लगाउने निर्णय लिनु ठिक नभएको पनि स्पष्ट पार्नु भयो ।