जन्ती चढेको बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
प्रकाशित मिति : फाल्गुन २८, २०७५ मंगलबार

मकवानपुरको गढी गाउँपालिकामा जन्तीबस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
भक्तपुरबाट जन्ती बोकेर हेटौंठा जाँदै गरेको बा ४ ख २२१७ नम्बरको बस गढी गाउँपालिका २ चैनपुर डाँडामा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा १७ जना घाइते भएको प्रहरीले जनाएको छ । ५ जनाको अवस्था गम्भीर रहेको छ । सडकबाट २० मिटर तल खसेर रुखमा अड्किएको बसमा रहेका अन्य यात्रुलाई उद्दार गर्न प्रहरी टोली घटनास्थल पुगेको छ ।