कोरियामा भुपाल राईको मृत्यु
प्रकाशित मिति : फाल्गुन २७, २०७५ सोमबार

दक्षिण कोरियामा एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ । उदयपुरका भुपाल राईको हिजो बेलुकी साथीहरु संगै खानाखाने क्रममा एक्कासी ढलेपछी उपचारकाे लागी अस्पतालमा लगिएको थियो ।
अस्पताल पुर्याईसके पश्चात लगत्तै अस्पतालले मृत्यु घोषणा गरेको सियोलस्थित नेपाली दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले जानकारी दिए ।
कोरियाको ह्वासाङ्गको एक मोटर पार्टस कम्पनिमा काम गर्दै आएका राई शनिवार बेलुकी कम्पनी सहकर्मीहरु संगै खानाखाने क्रममा एक्कासी ढलेपछी उत्त घटना भयको थियो ।
उनी ८ बर्षअघि मात्र भाषा परीक्षा पास गरी कोरिया आएका थिए । मृतक राईको घटनाको बारेमा नेपालमा बस्नुहुने परिवार तथा कोरियामा हुने आफन्तहरुलाई सुचना गराईसकियको बास्तोलाले जानाकारी दिए ।
साथै मृतक राई विवाहित रहेको र २ जना छोराछोरी पनि रहेको सँगै कामगर्ने सहकर्मीले जनाए । मृतक कार्कीको शव परीक्षणका लागि स्थानीय अस्पतालमा राखिएको छ । शव परीक्षण प्रतिवेदनपश्चात मात्र मृत्युको बृस्तित कारण खुल्ने काउन्सिलर बास्तोलाले जानकारी दिए ।