अष्ट्रेलियावासी नेपाली विद्यार्थीले ल्याए नयाँ म्युजिक भिडियो ‘नकाव’ (भिडियो)
प्रकाशित मिति : फाल्गुन २७, २०७५ सोमबार

अष्ट्रेलियावासी नेपाली विद्यार्थीको नयाँ म्युजिक भिडियो ‘नकाव’ सार्वजनिक भएको छ । नकावमा ईर्ष्या, स्वार्थीपन भएका व्यक्तिहरु बाहिर नकाव लगाएर राम्रो बन्ने तीतो यथार्थलाई समेटिएको छ ।
गीतका शब्द कपिल सापकोटाले लेखेका हुन् भने यस गीतमा कपिल संगै सागर कुँवरले स्वर दिएका छन् । म्युजिक भिडियोमा पनि कपिल र सागरलाई देख्न सकिन्छ । गीतमा संगीत भने ब्राड जोनले भरेका हुन् ।
अष्ट्रेलियामा नै छायांकन गरिएको म्युजिक भिडियोलाई ज्ञानन श्रेष्ठले निर्देशन गरेका हुन् । छायांकनमा उनलाई अशिम राईले साथ दिएका छन् । ‘नकाव’ म्युजिक भिडियोलाई जीक्रिएसनले बजारमा ल्याएको हो ।