विश्वकै अग्लो शिखर सगरमाथामा पहिलो पाईला राख्ने नेपाली नै हुन,इमान्दारिताका साथ काम गरे सफलता मिल्छ् : वरिष्ठ नेता नेपाल


प्रकाशित मिति : फाल्गुन २७, २०७५ सोमबार

पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले युवाहरुलाई हरेक क्षेत्रमा शिखर चुम्ने अठोटका साथ अघि बढन आह्वान गर्नु भएको छ ।

बरिष्ठ नेता नेपालले विश्वकै सबैभन्दा अग्लो शिखर सगरमाथामा पहिलो पटक पाईला राख्ने पनि नेपाली नै भएको उल्लेख गर्दै हरेक नेपाली युवाहरुले आ–आफनो क्षेत्रमा त्यसरीनै शिखर चुम्ने अठोटका साथ अघि बढनुपर्ने पनि बताउनु भयो ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपालीहरुले विश्वमा विभिन्न क्षेत्रमा नयाँ–नयाँ रेकर्ड राखेर मुलुकको शान र मान दुवै बढाएको पनि स्मरण गराउनु भयो ।

वरिष्ठ नेता नेपालले इमान्दारिताका साथ काम गरे हरेक क्षेत्रमा सफलता हात पार्न सकिने पनि स्पष्ट पार्नु भयो । कार्यक्रममा वरिष्ठ नेता नेपालले पार्कर खेलमा विश्व रेकर्ड कायम गर्न सफल दिनेश सुनुवारलाई सम्मान पनि गर्नु भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com