पृथकतावाद सानो भएपनि घातक हुन्छ,राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुनै सक्दैन् : प्रधानमन्त्री
प्रकाशित मिति : फाल्गुन २७, २०७५ सोमबार

प्रधानमन्त्री केपीशर्मा ओलीले राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुनै नसक्ने बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषदको सचिवालयको १८ औं बार्षिकोत्सवलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं परिषदका अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले पृथकतावादी समुह सानो भए पनि त्यो विशाक्त हुने भएकोले त्यसलाई नियन्त्रण गर्नु सरकारको दायित्व भएको स्पष्ट पार्नु भएको छ । “पृथकतावाद सानो भएपनि त्यो घातक हुन्छ । त्यसैले यसलाई सरकारले महत्वदिएर नै निस्तेज पारेको हो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुनै सक्दैन ।
यस विषयमा कसैले चिन्ता नगरे हुन्छ । प्रधानमन्त्री ओलीले पृथकतावादको अन्त्य हुंदा एक थरी मान्छे मुरमुरिएको देखेर आफू आश्चर्यमा परेको बताउनुभएको छ ।
“नेपालबाट पृथकतावादी गतिविधि निस्तेज हुँदा एक थरी मान्छेहरु पानी बिनाको माछा जस्तो भुटभुटिएका छन् ” प्रधानमन्त्री ओलीले भन्नुभयो “राष्ट्रि अखण्डता र सार्वभौम सत्तामा आँच पु¥याउने कुरामा जनमत संग्रह गर्ने भन्ने कुरा सोच्न पनि नमिल्ने कुरा हो ।”
प्रधानमन्त्री ओलीले विभिन्न आवरणमा चन्दा लिने,लुटपाट गर्ने कुरा सरकारलाई मान्यनहुने प्रधानमन्त्रीओलीको भनाइ छ । “देशको शान्ती सुरक्षा खल्बल्याउने कुनै गतिविधी सरकारलाई मान्य हुदैनन् ” प्रधानमन्त्री ओलीले भन्नुभयो “कोही मृत संस्था जिवीत गराउने सपना देख्छन्, कोही क्रान्तीका नाममा जनता अल्मल्याउने कुरा गर्छन् । ति दुवै कुराहरुलाई निस्तेज पारिन्छ । ”
देशको अखण्डता,सार्वभौम सत्ताको रक्षा र राष्ट्रिय सुरक्षाका लागि सुरक्षा परिषदले निर्वाह गरेको भूमिकाको प्रधानमन्त्री ओलीले प्रशंसा गर्नुभएको छ ।