विप्लवले मेरो नक्कल गर्न खोज्नु भएको छ : अध्यक्ष प्रचण्ड
प्रकाशित मिति : फाल्गुन २७, २०७५ सोमबार

पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लवलाई आफ्नो सिको गर्न नहुने बताएका छन् । पोखरामा सोमबार प्रेस सेन्टरद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो अभिव्यक्ति दिनु भएको हो ।
उहाँले विप्लबले असामाजिक तथा राज्य बिरोधी गतिबिधी गर्नु भन्दा वार्ता र संवाद मार्फत समस्याको राजनैतिक समाधान गर्न आह्वान गर्नु भयो । विप्लवलाई आफुले जनिकबाटै चिन्ने बताउदै २५ वर्ष अघिको कुरालाई नक्कल गर्न खोजेको भन्दै सो कार्य सफल नहुने बताउनु भयो ।
‘मैले झण्डै २५ वर्ष पहिले गरेको कुरा नक्कल गर्न खोज्नु भएको छ । त्यो बेला र अहिलेको परिस्थितिमा गुणात्मक परिवर्तन भएको थियो’, उहाँले भन्नु भयो ‘प्रचण्डले गरेको जस्तै नक्कल गरेर म पनि प्रचण्ड हुन्छ भनेर सोच्नु मनोगत हुन्छ ।’
उहाँले नक्कल गर्न छाडेर संघीय लोकतान्त्रिक प्रणालीबाट समाजवादतिर जाने अवसरको सदुपयोग गर्न विप्लवलाई सुझाब दिदै विप्लवले हर्कत नसुधारे राज्य चुप लागेर नबस्ने प्रचण्डले धारणा व्यक्त गर्नुभयो ।
उहाँले फरक प्रसंगमा सिके राउत र सरकारबिचको सम्झौता संविधानको मर्म र भावना अनुसार नै रहेको बताउदै उहाँले हल्लाको पछि नलाग्न समेत आग्रह गर्नुभएको थियो थिए ।