‘सारेगामापा’मा शान, प्रितम र आयुषले एकसाथ गाए ‘मुसुमुसु हाँसिदेऊ न लै लै’ (भिडियो)


प्रकाशित मिति : फाल्गुन २७, २०७५ सोमबार

अहिले भारतको टेलिभिजन च्यानल ‘जी टिभी’बाट प्रसारण हुने बालगायन रियालिटी कार्यक्रम ‘सारेगामापा लिटिलच्याम्प’मा नेपालका दुई बालगायकले प्रतिस्पर्धा गरिरहेका छन्। नेपालका प्रितम आचार्य र आयुष केसीले उक्त कार्यक्रममा आफ्नो उत्कृष्ट प्रस्तुति दिइरहेका छन्।

यसैबीच आइतबार प्रसारित एपिसोडमा आयुष केसीले आफ्नो प्रस्तुति दिए। आयुषले गीत गाइसकेपछि ‘सारेगामापा लिटिलच्याम्प’का जज शान, प्रितम र आयुषले गीत ‘मुसुमुसु हाँसिदेऊ न लै लै’ गाए। गीतमा वास्तविक स्वर ‘द हिमालयन ब्याण्ड’को रहेको छ। गायक शानले उक्त गीतको केही अंश आफ्नो गीतमा समावेश गरेका थिए जुन सर्वाधिक हिट भएको थियो।

हेर्नुस् यो भिडियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com