इथियोपियन एयरलाइन्सको विमान दुर्घटनामा १४९को मृत्यु, मृत्यु हुनेमा नेपाली समेत


प्रकाशित मिति : फाल्गुन २६, २०७५ आईतबार

इथियोपियन एयरलाइन्सको आइतबार भएको विमान दुर्घटनामा एक नेपालीको पनि मृत्यु भएको छ । एयरलाइन्सले १४९ यात्रुसहित ८ जना चालकदलमध्ये एक नेपाली पनि रहेको पुष्टि गरेको हो ।

एयरलाइन्सका अनुसार एक युएनको पासपोर्ट बाहक र अर्का एक नेपालसहित ३५ देशका नागरिक विमानमा सवार थिए ।एयरलाइन्सको मृतकको नामावली सार्वजनिक गरिनसकेको भएपनि मृतकको देश भने खुलाएको हो ।

एयरलाइन्सका अनुसार दुर्घटना मा सबैभन्दा धेरै केन्याका ३२ जनाको मृत्यु भएको छ । यस्तै १८ जना क्यानडाली, नौ जना इथियोपियाली नागरिकको मृत्यु भएको छ ।

इथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबीका लागि १४९ यात्रुसहित ८ जना चालकदलका सदस्य लिएर आइतबार उडेको विमान दुर्घटनामा परेको थियो ।
मृतकको देश र संख्या सहित

एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com