पत्रकार ऋषि धमलाको कार दुर्घटना
प्रकाशित मिति : फाल्गुन २६, २०७५ आईतबार

पत्रकार ऋषि धमलाको कार दुर्घटनामा परेको छ । लाजिम्पाटस्थित निवासबाट अनामनगर जाने क्रममा लैनचौरमा दुर्घटना भएको हो ।
आइतबार बिहान ५ः५० मा विपरित दिशाबाट आउँदै गरेको बा ७९ प ४०३९ नम्बरको मोटरसाइकल र धमलाको बा १४ च ११९१ नम्बरको कार एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा सन्तोष बढुवाल, सुदिप बढुवाल र जितबहादुर धामी रहेका छन् ।
घाइतेहरुको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।