तातोपानीमा नुहाउन देउवा सँगै पौडेलको डुबुल्की


प्रकाशित मिति : फाल्गुन २५, २०७५ शनिबार

नेपाली काँग्रेसका सभापति शेरबहादुर सहितका नेताले प्राकृतिक चिकित्सालयको रुपमा परिचित सिङ्गा तातोपानी कुण्डमा स्नान गरेका छन्। कुण्डमाहेलिकप्टरमार्फत बेनी–४ मा रहेको उक्त कुण्डको अवलोकन भ्रमणपछि उनीहरुले स्नान पनि गरेका हुन्। उच्च पदस्थ व्यक्तिको तातोपानी क्षेत्रको भ्रमणले यस क्षेत्रको प्रचारप्रसारमा सघाउ पु–याएको कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताए।

तातोपानीमा नेताहरुलाई कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले कुण्डको अवस्था र महत्वका बारेमा जानकारी गराएका थिए।

तातोपानीमा स्नान गरेपछि सभापती देउवाले तातोपानी कुण्डको पानी आफूले सुनेको भन्दा धेरै तातो भएको प्रतिक्रिया दिए। तातोपानी कुण्डको पर्यटकीय सम्भावना उच्च रहेको बताउँदै उनले भने, ‘यो तातोपानी कुण्डको धेरै पर्यटकीय सम्भावना छ।यसलाई अझै व्यवस्थित र प्रचारप्रसार गरेर पर्यटन प्रर्वद्धन गर्नुपर्छ ।’

अर्का नेता पौडेलले तातोपानी कुण्डको बारेमा धेरै चर्चा भएको सुनेर कस्तो रहेछ भनेर अनुभवका लागि स्नान गरेको बताए । उनीहरुले म्याग्दी नदीको किनारमा रहेको तातोपानी कुण्डको विकासमा सहयोग गर्ने प्रतिवद्धता पनि जनाए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com