रणवीर र आलियाको बिहेको खबरले तात्यो बलिबुड


प्रकाशित मिति : फाल्गुन २४, २०७५ शुक्रबार

अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट हाल प्रेममा छन् । उनीहरू चाँडै नै वैवाहिक बन्धनमा बाँधिने समाचारले अहिले बलिउड तातेको छ । भारतीय मिडियाका अनुसार अमेरिकामा उपचार गरिरहेका रणवीरका बाबु ऋषि कपुर लगभग ठीक भैसकेका छन् । रणवीरकी आमा नीतुले आफूहरू अब चाँडै नै भारत फर्किने जानकारी सामाजिक सञ्जालबाट दिएकी छिन् ।

खबर यो पनि छ कि ऋषि भारत आएर सबैभन्दा पहिले रणवीर र आलियाको विवाह गराउनेछन् । रणवीर–आलियाको विवाहलाई लिएर उनीहरूको परिवारबाट आधिकारिक रूपमा कुनै घोषणा त अैसकेको छैन, तर खबरानुसार रणवीरले विवाहको तयारी पनि सुरु गरिसकेका छन् ।

मुम्बैइ मिररको रिपोर्टानुसार रणवीर र आलियाले न्युयोर्कमा घर किन्ने योजना पनि बनाइरहेका छन् । घरको जिम्मेवारी आमा नीतुले उठाएको बताइेको छ । उनी न्युयोर्कमा आफ्ना छोरा र बुहारीका लागि भनेर घर खोजिरहेकी छिन् ।

आलिया र रणवीर पनि प्रायः न्युयोर्क गैरहन्छन् । दुवैलाई त्यो सहर खुब मन पर्छ । खबर यो पनि छ कि आलिया र रणवीर विवाहपछि न्युयोर्कमै सेटल हुनेछन् ।

आलिया र रणवीरलाई लिएर आएको विवाहको खबरानुसार बाबु ऋषि मुम्बैइ आएपछि कपुर र भट्ट परिवारले पण्डितसँग भेट्नेछन् र विवाहको मिति तय गर्नेछन् ।

विवाहको मिति अप्रिलमा निकाल्ने कोसिस भैरहेको बताइेको छ । करण जौहरले पनि आलियालाई रणवीरसँग चाँडै विवाह गर्न सल्लाह दिएको बताइेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com