नेपाल सरकार र सीके राउतबीच ११ बुँदे सहमति
प्रकाशित मिति : फाल्गुन २४, २०७५ शुक्रबार

नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच आज ११ बुँदे सहमति भएको छ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा र मधेशमा काम गर्दै आएको गठबन्धनका संयोजक सिके राउतबीच आज राजनीतिक आदि विषयमा सहमति भएको हो ।
गठबन्धनले नेपालको संविधान मानी राजनीतिको मूल प्रवाहमा समाहित हुने प्रतिबद्धता व्यक्त गरेको छ । विस्तृत विवरण आउन बाँकी छ ।
मधेशमा पृथकतावादी गतिविधि सञ्चालन गरिरहेका सीके राउतले अखण्ड नेपाल स्वीकार गरेपछि सहमतिपत्रमा हस्ताक्षर हुन पुगेको हो ।
स्वतन्त्र मधेस गठबन्धनका नेता कार्यकर्तामाथि लगाइएको मुद्धाहरु फिर्ता लिने र पक्राउ परेकाहरुलाई निशर्त रिहा गरिने सहमति भएको छ ।