गजल – यादब गौतम
प्रकाशित मिति : फाल्गुन २३, २०७५ बिहीबार

लुकी छिपी भए पनि प्रिय प्रेमको बस्त्र लाएको छु लरबराउदै लट्ठी टेक्दै उनलाई भेट्न धाएको छु बुढेस कालमा पनि के बैश चढ्या भन्छन साथीहरु हाम्रो पनि मनै हो त्यसैले उनको मायलुपन पाएको छु साउने झरि होस या मृग तृष्णा का खडेरी हरुमा पनि शिब मन्दिरमा सात जन्म साथ दिने कसम खाएको छु माया त सबै ले गर्छन तर तिम्रो हाम्रो अलि फरक छ त्यसैले त तिम्रो शहर को गल्ली गल्लीमा छाएको छु